काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र सुरु नभई भर्ना खुला नगर्न नगराउन विद्यालयहरूलाई सचेत गराएको छ ।
सोमबार मातहतका सबै विद्यालयलाई पत्राचार गर्दै महानगरपालिकाले शैक्षिक सत्र सुरु नभई नियमावली विपरीत भर्ना नगराउन सचेत गराउँदै अन्यथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।
महानगरपालिकाका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीका अनुसार महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावलीको नियम ४८ को उपनियम ६ मा कसैले पनि शैक्षिक सत्र सुरु नभई भर्ना गराउन नपाउने व्यवस्था छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।