हेटौंडा–मकवानपुर प्रहरीले लागुऔषध खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरेको छ।
प्रहरीले हेटौंडा-१५ रातोमाटे स्थित पुर्वपश्चिम सडकखण्डमा बिरगंजबाट हेटौडा बजारतर्फ आउँदै गरेको बा.प्र.०६-००१ ज ००७१ नंबरको यात्रुबाहक ईभी गाडीलाई जाँच गर्ने क्रममा ५७ ग्राम ३२० मिलि ग्राम लागू औषध खैरो हेरोईन सहित दुईजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नंवर १६ बस्ने बर्ष ४० को कुम बहादुर आले र वडा नंबर ४ बस्ने वर्ष ३२ को दिपक परियार रहेको प्रहरीको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।