एजेन्सी – कप्तान लिओनल मेसीको गोलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । सोमबार बिहान सम्पन्न खेलमा मायमीले एट्लान्टा युनाइटेलाई २–१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी तथा फाफा पिकाउल्टले गोल गरे ।
एटलान्टाका लागि भने इमानुएल लाटे लाथले सान्त्वना गोल गरे । खेलमा अग्रता भने एटलान्टाले लिएको थियो । एटलान्टाका लागि खेलको ११औं मिनेटमा लाथले गोल गरेका थिए । त्यसको ९ मिनेट पछि नै मायमीका कप्तान मेसीले बराबरी गोल फर्काए ।
थप गोल हुन नसक्दा पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । फाफाले ८९औं मिनेटमा मायमीका लागि विजयी गोल गरे । जितसँगै मायमी कन्फ्रेन्स इस्टमा ४ खेलमा १० अंकका साथ शीर्ष स्थानमा छ । पराजित एटलान्टा ४ खेलमा ४ अंकमा रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।