काठमाण्डौँ – गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा फिर्ता ल्याउने प्रक्रिया अघि बढाएका छन्।
सर्वोच्च अदालतबाट ‘जफत हुने’ फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउनेबारे गृहमन्त्री लेखकले निर्णय गरेर कार्यान्वयन प्रक्रिया अघि बढाएका हुन्। जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारले नै प्रयोग गर्दै आएका थिए।
कसुरजन्य सम्पत्ति सम्वन्धित जिल्ला प्रशासन कार्यालय मार्फत सम्वन्धित मालपोत कार्यालयमा पठाई दाखिल खारेज गराएर सरकारको नाममा ल्याउने प्रक्रिाय सुरु गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
पूर्वप्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरू, आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारीबहादुर कार्की, केशरजङ्ग खड्का र रामाज्ञा चतुर्वेदीको काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका घरजग्गा जफत गर्ने प्रक्रिया अघि बढेको छ। यस्तै, आपराधिक गतिविधिबाट सरिता गिरी राई (भारतीय नागरिक) ले नेपालमा खरिद गरेको घरजग्गा पनि जफत हुने भएको छ।
यस्तै, आपराधिक गतिविधिबाट सरिता गिरी (भारतीय नागरिक) ले नेपालमा खरिद गरेको घरजग्गा पनि जफत हुने मन्त्रालयका सहसचिव एवम् कानून महाशाखा प्रमुख भरतमणि रिजालले बताए।
उनले भने, ‘पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक भारतीले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि प्रस्ताव पठाइएको छ।’
जफतको ठहर भएका घरजग्गा लिलामी गर्ने वा सरकारका नाममा ल्याउने दुवै विकल्प कानूनले दिएको छ । भ्रष्टाचारसम्बन्धी मुद्दामा जफत गर्न लागिएका घरजग्गा भने सरकारका नाममा ल्याएर सरकारी प्रयोजनमा प्रयोग गर्ने कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।