काठमाडौँ – धार्मिक अभियन्ता बाबा कालीदासले अभिभावकको रूपमा राजा देशलाई आवश्यक भएको जिकिर गरेका छन्।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले धर्मराज युधिष्ठिर र राजा रामको जस्तो त्याग गरेको दाबी गरेका हुन्।
आफू हिन्दुराष्ट्रको पक्षमा रहेको पनि उनले बताए।
भारतीय र नेपालका सञ्चारमाध्यमले पनि राजतन्त्रको वकालत गर्ने गरेको भन्दै छिट्टै नै राजतन्त्र फर्किनसक्ने बताए।
राजा आउने वा नआउने भन्ने जनताले चाहने कुरा भएको बताए। अहिलेका नागरिकहरूमा जनशक्ति जागृत भएको र छिट्टै नै राजतन्त्र फर्किनसक्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।