काठमाडौँ–‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ विचार गरियोस भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएको छ।
योसँगै विधेयकमाथि छलफल हुने बाटो खुलेको छ।
विधेयकमाथि संशोधन प्रस्ताव राख्न पनि समय खुला गरिएको छ। सभामुख देवराज घिमिरेले संशोधनका लागि सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको विधेयक शाखामा सम्पर्क राख्न सांसदहरूलाई भनेका छन्।
यो विधेयक ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ लाई प्रतिस्थापन गरेर ल्याइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।