काठमाडौं – गण्डकी प्रदेश प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशीप्रदेश विरुद्ध ३१ रनमै अल आउट भएको छ । भैरहवाको एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ रोजेको गण्डकी २०.४ ओभरमा अल आउट भएको हो ।
यो पिएम कपको इतिहासमा पहिलो इनिङमा बनेको सर्वाधिक कम योगफल हो । यसअघि सन् २०१९ को पिएम कपको दोस्रो सेमिफाइनलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबविरुद्ध ४१ रनमा समेटिएको थियो ।
कोशीविरुद्ध गण्डकीका कुनै ब्याटरले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् । गण्डकीका लागि युवा ओपनर अर्जुन कुमालले बनाएको ९ रन नै सर्वाधिक हो । गण्डकीका ४ ब्याटरले रनको खाता खोल्न नै सकेनन् ।
कोशीका लागि विपिन महतोले ८ ओभर बलिङ गर्दै १७ रन खर्चिएर ६ विकेट लिन सफल भए । फिर्दोस अन्सारीको नाममा ३ तथा दीपेश कंडेलको नाममा १ विकेट रह्यो । कोशी ४ खेल खेलिसक्दा सबै खेलमा पराजित हुदै अंक बिहिन छ । गण्डकीले भने खेलेको ३ मध्ये १ खेलमा जित हात पारेको छ । गण्डकीले कर्णाली प्रदेशलाई हराएको थियो । उक्त खेलमा कोशी प्रदेशले ८ दशमलव २ बलमा एक विकेट गुमाएर ९ विकेटले विजयी भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।