काठमाडौं– बुधबार बिहान हुम्लाको सर्केगाड गाउँपालिका रोडीकोटमा घर पोत्ने माटो लिन ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने चार जना महिला घाइते भएका छन् ।
ढिस्को खस्दा २८ वर्षीया नेत्रकला जैसीको मृत्यु भएको हो । अन्य चार जना घाइतेको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
उनीहरूलाई थप उपचारका लागि सुर्खेत ल्याइएको हो । सेनाको हेलिकप्टरमार्फत चारजनालाई प्रदेश अस्पताल कालागाउँमा पुर्याइएको छ ।
गाउँपालिकाका उपाध्यक्ष देवकी तिमिल्सेनाका अनुसार स्थानीय तिर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी र लक्ष्मी जैसी घाइते छन् ।
घाइतेहरूको अवस्था गम्भीर भएकाले जिल्ला अस्पतालले प्रदेश अस्पताल रेफर गरेको उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।