काठमाडौं – काठमाडौंको चन्द्रगिरिमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । स्थानीय उत्तम कार्कीले आफ्नौ घरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् ।
फेसबुक लाइभमा आफूले प्रहरी प्रशासन देखि धेरै व्यक्तिले मानसिक तनाव दिएको उनले बताएका छन् । उनले नाम उल्लेख गर्दै स्थानीय एक युवतीले मानसिक तनाव दिएको आरोप लगाएका छन् ।
उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिग्रिएको बताएका छन् । अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचार भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।