काठमाडौं – स्पेनिस टोली बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा बार्सिलोनाले मंगलबार राति भएको दोस्रो चरणको दोस्रो लेगमा बेनफिकालाई ३–१ ले हराएको छ ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा टिनएजर लामिन यमाल नायक भए । उनले ११ औँ मिनेटमा राफिन्हाका लागि गोल गर्ने अवसर दिएका थिए भने २७ औँ मिनेटमा आफैले गोल गरे । राफिन्हाले गोल गरेको दुई मिनेटपछि नै निकोलास ओडेमान्डीले उत्कृष्ट हेड गोल गर्दै बेनफिकालाई खेलमा फर्काएका थिए ।
रफिन्हाले नै ४२ औँ मिनेटमा बार्सिलोनाका लागि अर्को गोल गरे । उनी च्याम्पियन्स लिगमा १६ गोलमा आबद्ध भएका छन् । उनले ११ गोल गरेका छन् भने ५ एसिस्ट गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।