काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दीलिप शर्मा नियुक्त भएका छन् । प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डा. शर्मालाई दुई वर्षका लागि वीर अस्पतालको निर्देशकमा नियुक्त गरेका हुन् । डा. शर्माले आज निर्देशकको पत्र बुझ्ने मन्त्रालयका एक कर्मचारीले जानकारी दिए ।
मन्त्री पौडेलले न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले सिफारिस गरेका डा. शर्मासहित डा. समाज गौतम र डा. अनुपमा कार्कीमध्ये शर्मालाई निर्देशकको जिम्मेवारी दिएका हुन् । वीर अस्पतालमा हाल निमित्त निर्देशकको जिम्मेवारीमा डा. समाज गौतम रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि डा. शर्मालाई नै वीर अस्पतालको निर्देशक बनाउन चाहेका थिए। डा शर्माले प्रधानमन्त्री ओली निकट छन् । डा. शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् । डा. शर्माले यसअघि चिकित्सा शिक्षा आयोगको निर्देशक र नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार भएर काम गरिसकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।