काठमाडौँ –सोमबार काठमाडौं उपत्यका विश्वकै प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा अटाएको छ । विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने पोर्टल आइक्यु एयरकाअनुसार सोमबार दिउँसो १२ः४५ बजे काठमाडौंको एक्युआइ (वायुको स्वच्छता सूचकांक) १९१ पुगेको छ ।
आइक्यु एयरका अनुसार भियतनामको हनोई विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा छ । चीनको बेइजिङ नेपालपछि तेस्रो नम्बरमा छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई ५० सम्मको वायु ‘स्वस्थकर’ हुन्छ । एक्यूआई १०१ देखि १५० ‘अस्वस्थ कर’ हुन्छ । यस्तै, एक्यूआई २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थ कर’ र त्यो भन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ । यस अघि आईतबार काठमाडौँ विश्वकै पाँचौ प्रदूषित सहरको सूचीमा थियो । प्रदूषित हावा मार्फत किटाणुहरु फैलिने भएकाले सतर्कता अपनाउने चिकित्सकहरुले आग्रह गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।