काठमाडौं- नेपाल प्रहरीले अमेरिकाबाट निष्काशित भएर बुधबार नेपाल फर्काइएका ८ जना नेपालीहरूसँग सोधपुछ गरेको छ ।
अमेरिकी जहाजबाटै बुधबार बिहान नेपाल फर्काइएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरोमा लगेर ती नेपालीमाथि सोधपुछ गरिएको हो ।
अमेरिका गएको प्रक्रियाबारे उनीहरूसँग बुझ्ने काम भएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन् ।
प्रारम्भिक सोधपुछका क्रममा केही नेपालीहरू ब्राजिल हुँदै स्थालमार्गबाट अमेरिका पुगेको खुलेको छ ।
त्यसक्रममा क्रममा उनीहरूले अमेरिकाको अध्यागमन कानुन उलंघन गरेकाले डिपोर्ट गरेर पठाएको पाइएको उनले बताएका छन् ।
त्यस्तै फर्काइएका नेपालीहरूले अमेरिका पठाउनेमाथि मुद्दा दर्ता गर्न इच्छा नदेखाएको प्रवक्ता कुँवरले जानकारी दिएका छन् ।
बुधबार अमेरिकाबाट चार्टर्ड विमानमार्फत् ८ जना र कतार हुँदै १ जनालाई नेपाल फर्काइएको हो । सोधपुछ सकिएपछि उनीहरूलाई परिवारको जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।