काठमाडौं – अमेरिकाबाट फर्काइएका ८ जना नेपाली नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । सुरुमा अमेरिकी जहाजले १० नेपाली फिर्ता ल्याइदिएको बताइए पनि ८ जना मात्रै रहेको खुलेको छ ।
बुधबार बिहान करिब १० बजे उक्त विमान त्रिभुवन विमानास्थलमा अवतरण गरेपछि सबै ८ नेपालीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको छ ।
नेपाल ल्याइएका ती व्यक्तिहरूलाई प्रहरीले मानव बेचबिखनसम्बन्धी कसुरमा सोधपुछ अघि बढाउने भएको छ । अमेरिकाबाट आधिकारिक कागजात अभावमा फिर्ता ल्याइएका उनीहरूलाई नेपाली नागरिकसरह उनीहरूमाथि सोधपुछ गरिने भएको छ । सोधपुछ गरिसकेपछि कागजात गराएर छाड्ने तयारी ब्यूरोले गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका उनीहरूलाई स्वदेश फर्काइएको हो । अमेरिकाबाट निष्कासित हुने १४ लाखमध्ये १३ सय ६५ नेपाली, धमाधम पक्राउ पर्दै अवैध आप्रवासी डोनाल्ड ट्रम्पले गत जनवरी २० मा दोस्रो कार्यकालका लागि शपथ लिएसँगै अवैध आप्रवासीमाथि धरपकड तीव्र पारेको अमेरिकी प्रशासनले विशेष विमानमार्फत् बुधबार उनीहरूलाई नेपाल पठाइदिएको हो ।
हवाइ र स्थलमार्गबाट अमेरिका छिरेर अवैध रुपमा बस्दै आएका नेपालीको संख्या हजारौँ रहेको छ । जसमध्ये नेपाल फर्काउने सूचीमा करिब १८ सय जना छन् । अवैध आप्रवासी लखेट्ने अमेरिकी नीतिअनुसार कागजातविहीन नेपालीलाई पहिलोपटक विमान चार्टर गरी फर्काइएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।