काठमाडौं– थाइल्याण्डबाट गाँजा तस्करी गरी नेपाल आएका दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार उनीहरुलाई त्रिभुवन विमानस्थलबाट २२ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।
विमानस्थलस्थित सशस्त्र प्रहरीको भन्सार सुरक्षा बेसले उक्त गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा ४० वर्षीय पुरुष र ३७ वर्षीय भारतीय महिला रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
उनीहरु थाई एयरवेजको उडान नं. टीजी३१९ बाट नेपाल आएका थिए। लगेज भित्र चक्लेटको प्याकेट बनाइ गाँजा ल्याइएको थापाले बताए।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धानका लागि लागू औषध नियन्त्रण ब्यूरोमा पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।