काठमाडौं– आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत पहिलो सेमिफाइनलमा आज अस्ट्रेलियाले भारतलाई २६५ रनको लक्ष्य दिएको छ ।
टस जित्दै पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ दशमलव ३ ओभरमा अलआउट हुँदै २६४ रन बनायो ।
अस्ट्रेलियाका लागि स्टेभिन स्मिथले सर्वाधिक ७९ रन बनाउँदा एलेक्स क्यारीले ६१ रन बनाए । यस्तै ट्रभिस हेडले ३९, मार्नुस लाबुसेनले २९, बेन ड्वाराशुसले १९, जोश इङ्लिसले ११ र नाथन इलिसले १० रन बनाए ।
भारतका लागि मोहम्मद शमीले ३ विकेट लिँदा रवीन्द्र जडेजा र वरुण चक्रवर्तीले २/२ तथा अक्षर पटेल र हार्दिक पाण्ड्याले १/१ विकेट लिए ।
यी दुई टिमबीच एक दिवसीय फर्म्याटमा पछिल्लो समय सन् २०२३ को विश्वकपमा भएको थियो । मिनि विश्वकपका रुपमा लिइएको च्याम्पियन्स ट्रफीमा सेमिफाइनलमै भेटिएका यी दुई टिमबीचको विजेता फाइनलमा जानेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।