काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका नव नियुक्त प्रमुख प्रशिक्षक म्याट रोसले प्रारम्भिक चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । सिंगापुर विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियाविरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि खेलाडीलाई बोलाइएको हो ।
नेपालले मार्च २१ मा सिंगापुर विरुद्ध सिंगापुरमै खेल्नेछ । त्यसपछि मार्च २५ मा मलेसियासँग छनोट खेल खेल्नेछ । मलेसियासँगको खेल नेपालमा नै हुनुपर्ने भए पनि यो खेल मलेसियाको सुल्तान इब्राहिम स्टेडियममा हुने तय भएको छ ।
प्रारम्भिक ३० सदस्यीय टोलीमा गोलकिपरमा किरण कुमार लिम्बु, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, अञ्जल श्रेष्ठ रहेका छन् ।
डिफेन्डरमा अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, बिमल पाण्डे, सनिश श्रेष्ठ, रन्दीप पौडेल, सुमित श्रेष्ठ, अञ्जन राई, अभिषेक लिम्बु, आशिष गुरुङ र अशोक खवास रहेका छन् ।
यस्तै मिडफिल्डरमा लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक बिस्ट, मनिष डाँगी, आयुष घलान र कृतिश रत्न छुन्जु रहेका छन् । यस्तै स्ट्राइकरमा अञ्जन बिस्ट, जिलेस्पी जंग कार्की, समिर तामाङ, दिनेश हेन्जान, सुवास ठकुरी बम र निराजन धामी रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।