ललितपुर– महालक्ष्मी नगरपालिका टिकाथलीमा बोरिङ खन्ने क्रमा आगोको ज्वाला निस्किएको छ।
पानी निकाल्न करिब ३ सय मिटर बोरिङको पाइप गाडिसकेपछि त्यहाँबाट आगोको ज्वाला निस्किएको हो।
स्थानीयले फोर्सले पानी खनाएर निभाउने कोसिस गरेपनि आगो निभेको छैन।
पत्रकार सीता पोखरेलले फेसबुकमा सार्वजनिक गरेको भिडिओ अनुसार टीकाथली र चाँगाथली बीचको गोदावरी खोलानजिकै ज्वाला निस्किएको हो।
अहिले त्यहाँ प्रहरी टोली पनि पुगको छ। आगोको ज्वाला निस्किएको सन्दर्भमा थप वैज्ञानिक पुष्टिका लागि सरकारी अधिकारीसँग समन्वय भइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।