• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

करको नाममा जनताको गाँस खोस्न मिल्दैन : हरि रोकाया [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, असोज १६, २०७५  ०२:४५
1140x725

बाजुराको गौमुल गाउँपालिकाको नाम बेलाबेलामा काठमाडौंमा पनि सुनिने गरेको छ। केही महिनाअघि गाउँपालिकाभित्र सक्रिय लघुवित्तलाई बिदा गरेर होस् वा केही हप्ताअघि मदिरा कार्ड वितरण गरेर होस्, उसले धेरैलाई आफूतर्फ खिच्यो।

_x000D_ _x000D_

स्थानीय निर्वाचन भएको वर्ष दिन बितिसकेको छ। गौमुल गाउँपालिकाको अध्यक्षको रुपमा हरि रोकाया विजयी भएको पनि वर्ष दिन नाघ्यो। यसबीचमा उनको अनुभव कस्ता रहे? कस्ता काम भइरहेका छन्? कसरी भइरहेका छन्? कस्ता योजना बनिरहेका छन्? रोकाया केही दिनअघि काठमाडौं आएको अवसरमा नेपाल लाइभसँग गरेको कुराकानीः 

_x000D_ _x000D_

तपाईं गाउँपालिकाको अध्यक्ष हुनुभएको एक वर्ष बित्यो। कस्तो लागिरहेको छ?
_x000D_ पहिले पहिले केही अन्योल थियो। के होला, के गर्ने भन्ने लाग्थ्यो। यसअघि जनप्रतिनिधि नभए पनि जनताले चुनावमा जिताएपछि केके गरौंला भन्ने लाग्थ्यो। सपथ खाइसकेपछि दिनरात नै के गर्न सकिएला भन्ने सोच्थें। मैले गर्ने कस्तो कामले जनतालाई कस्तो फाइदा पुग्छ भन्ने सोच्थें। गाउँपालिकालाई कस्तो बनाउन सकिएला भन्ने कुरा दिमागमा खेलिरहन्थें। तर काम गर्दै गएँ। अहिले भने त्यति अप्ठ्यारो लाग्दैन। सिस्टम, कानुन तथा अधिकारहरु बुझ्दै गएपछि सजिलो हुँदै आयो। अबका दिनमा सजिलैसँग काम गर्न सकिएला भन्ने लागेको छ।

_x000D_ _x000D_

यसबीचमा कतिवटा कानुनहरु बनाउनुभयो?
_x000D_ हामीले २० कानुन बनायौं। यसमा शिक्षा, स्वास्थ्य, मदिरा प्रयोग, व्यवसाय सञ्चालन लगायतका विषयमा कानुनहरु बनेका छन्। तत्काल आवश्यकहरु कानुनहरुलाई बढी जोड दिएका छौं। बाँकी बिस्तारै बनाउँदै जानेछौं।

_x000D_ _x000D_

अन्य स्थानीय सरकारबाट कर्मचारी अभावका कुरा सुनिने गरेका छन्। तपाईंको गाउँपालिकामा कस्तो अवस्था छ?
_x000D_ अहिले हामीलाई सबैभन्दा बढी समस्या नै कर्मचारीको अभावले परेको छ। कर्मचारीको व्यवस्थापन नहुँदा जनताले पनि झन् सास्ती पाएको गुनासो गर्न थालेका छन्। पहिले गाविस हुँदाखेरी बरु सेवा लिने ठाउँ नजिकै हुन्थ्यो। अहिले  दुईतीन वटा गाविस मिलेर गाउँपालिका बनेकाले झन् टाढा भयो भन्ने गुनासो बढेको छ। कर्मचारीको अभावले गाउँपालिकामा कामको दबाब बढेको छ। तर जनतालाई हामीले छिटै कर्मचारी आउने भएकाले केही समयमा सहजता आउने कुरा भनिरहेका छौं।

_x000D_ _x000D_

कुन किसिमका कर्मचारीको बढी अभाव महसुस भएको छ?
_x000D_ प्रशासनतिरका कर्मचारीहरु नै अभाव छन्। वडा सचिवहरुको बढी आवश्यकता छ। त्यो भइदियो भने जनताको नजिकैबाट बढी सेवा दिन सकिन्थ्यो। हामीले स्रोतको अभावमा आफूले कर्मचारी राख्न नसक्दा पनि अप्ठ्यारो आएको छ। पहिले गाविसले नै राखेका केही कर्मचारीहरु निरन्तर नै छन्। हामीले केही प्राविधिकचाहिँ अति आवश्यक नै पर्ने भएर राखेका छौं।

_x000D_ _x000D_

यसबीचमा जनताको मुख्य चासो र चाहना कस्तो विषयमा रहेको मूल्यांकन गर्नुभएको छ?
_x000D_ जनतालाई छिटोभन्दा छिटो गाडी चढ्न पाइयोस् भन्ने परेको छ। गाउँगाउँमा यातायातको सुविधा होस् भन्ने माग पनि छ। त्यसका अतिरिक्त शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउनुपर्छ भन्ने पनि चाहना छ।

_x000D_ _x000D_

अहिले तपाईंले लागू गर्नुभएको 'मदिरा कार्ड'को विषय निकै चर्चित छ। यससँग जोडिएको तपाईंको अवधारणा के हो?
_x000D_ विकासको लक्ष्यमा अघि बढ्न अरु विषयलाई छाडेर मदिरा मात्रै महत्त्वपूर्ण विषय होइन। तर हाम्रो भौगोलिक विशिष्टता, त्यहाँका चालचलन र रितिथितिलाई हेर्ने हो भने मदिरा पनि विकासको बाधकको रुपमा देखिन्छ। यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने सोचले यो अवधारणा विकास भएको हो। हाम्रोमा दक्ष जनशक्ति पनि दिनभर मदिरामा लट्ठ हुने अवस्था थियो। मदिराकै कारण श्रीमति कुट्ने तथा अन्य महिला हिंसाका घटना पनि घटिरहन्थे। गाली बेइज्जति पनि मदिराकै कारण बढी थियो। मदिरा नै विकृतिको कारण हुने खतरा देखियो। यसलाई व्यवस्थापन गर्नु जरुरी ठानेर एक पटक यस किसिमको प्रयास गरौं न त भनेर सुरु गरिएको हो।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

यसको कार्यान्वयन कसरी भइरहेको छ?
_x000D_ मदिरा व्यवस्थापन कार्यविधि २०७५ भनेर तेस्रो गाउँसभाले पारित गरेको छ। त्यसको मातहतमा मदिरा मात्रै बिक्री गर्ने पसल छन्। पसलले लाइसेन्स लिनुपर्छ। मदिरा खानेले मदिरा कार्ड लिएका छन्। उनीहरुले नजिकको पसलमा कार्ड राख्ने र मदिरा लिनसक्छन्। एक दिनमा १ सय ८० मिलिलिटर उसले पिउन सक्छ। मदिरा प्रयोगकर्ताले वार्षिक ५ सय गाउँपालिकालाई तिर्नुपर्छ। यसका धेरै पक्ष छन्, हामीले सकेसम्म मिलाएर गरेका छौं।

_x000D_ _x000D_

१ सय ८० मिलिलिटरचाहिँ खासै हानिकारक नहोला भनेर तोकेका हौं। खाएको छु तर बढी लागेको छैन भन्ने अनुभव त्यति परिणामले गराउला भन्ने हाम्रो अनुमान हो। मानिसको आम्दानीको स्रोतसँग पनि त्यसको तादम्यता मिल्छ भन्ने लागेको हो। तर यसमा कुनै वैज्ञानिक कारण छैन।

_x000D_ _x000D_

यसमा कस्ता प्रतिक्रिया आइरहेका छन्?
_x000D_ हामी खुसी छौं। सकारात्मक प्रतिक्रिया आइरहेका छन्। लहैलहैमा लागेर खानेहरुले चटक्कै छाडिसकेका छन्। बानी नलागिसकेकाहरुले काड बनाइबनाइ मदिरा के खानु भन्ने सोचेका छन्। खाने बानी लागेकाहरुले पनि परिणाम मिलाएर, व्यवस्थित गरेर खानुपर्ने भएको छ।

_x000D_ _x000D_

अहिलेसम्म कति कार्ड वितरण भए?
_x000D_ अहिले १ सय ५० जति कार्ड वितरण भएको छ। 

_x000D_ _x000D_

तपाईंहरुले गाउँपालिकाबाट लघुवित्त पनि हटाउनुभयो। किन?
_x000D_ लघुवित्तले हामीलाई खासै फाइदा पुर्‍याउन सकेन। एउटै घरपरिवारले दश ठाउँमा बचत गर्न सक्ने स्थिति पनि छैन। तीभन्दा त गाउँमै खुलेका सहकारी बढी फाइदाजनक हुन्छन्। हामीले बरु सहकारीलाई बजबुत बनाउने र सबैलाई त्यसैमा जोड्ने प्रयास गरेका छौं। तर लघुवित्तले गाउँबाट पैसा संकलन गरेर सहरमा लगेर कसले पैसा चलाउँछ, थाहा हुन्न। त्यसैले यो ठीक भएन भन्ने लागेको हो। त्यसमाथि उनीहरुको चक्रवर्ती ब्याजले पनि मानिसहरु पीडित भएका थिए। बाध्यतामा लिनुपर्ने ऋणका कारणले मानिसहरु लघुवित्ततिर बाध्यतामा गएका थिए। तर सुलभ ब्याजको विकल्प हुँदा जनता लघुवित्ततिर जाने अवस्था छैन। हामी यस विषयमा केन्द्रित भएका छौं।

_x000D_ _x000D_

महिला स्वयंसेविकाहरुलाई एकैचोटी बिदा गर्ने पनि कुरा थिए नि?
_x000D_ स्वास्थ्य क्षेत्रमा हामी नयाँ सोचका साथ अघि बढ्न खोजेका हौं। स्वयंसेविकाको रुपमा वर्षौं बिताएका महिलाहरु अब उमेरले बृद्ध छन्, निरक्षर पनि। अहिले त नयाँनयाँ प्रविधिको विकास भइसकेको छ। हामीले पनि मोबाइल एप्स र एसएमएसको प्रयोगबाट प्रजननमा रहेका सबै महिलाको अवस्था कस्तो छ भन्ने लगायतको तथ्यांक राख्ने प्रयत्न गरिरहेका छौं। तर यसको लागि पुरानो जनशक्तिले प्रविधिमैत्री भएर काम गर्न सक्ने अवस्था देखिएन। त्यसैले हामीले प्रविधि प्रयोगका विषयमा पुराना जनशक्तिसँग पनि कुराकानी गर्‍यौं। प्रविधि प्रयोगका विषयमा उहाँहरुलाई सोध्यौं। त्यसपछि निष्कर्षमा पुगेर उहाँहरुलाई अहिलेसम्मको सेवा बापत दोसल्ला ओडाएर, प्रमाणपत्र दिएर र एकमुस्ट २० हजार दिएर बिदा गर्‍यौं। उहाँहरु पनि खुसी हुनुभएको छ। हामीले उहाँहरुलाई अन्य सीपमुलक तालिम दिएर उद्यमी बनाउने प्रयास भने गरिरहेका छौं। हामी उहाँहरुलाई व्यवसायिक बनाउँछौं, व्यस्त बनाउँछौं।

_x000D_ _x000D_

महिला स्वयंसेविका मात्रै होइन। परिवर्तन गर्नुपर्ने कुरा धेरै छन्। शिक्षकहरु नै परिवर्तन गर्नुपर्ने छ। नयाँ शिक्षण सीप नभएका तर तलब मात्रै पचाएर बसेका धेरै शिक्षकहरु छन्। अरु धेरै काम छन्।

_x000D_ _x000D_

यो अभियानमा कति महिला स्वयंसेविका बिदा भए, कति थपिए?
_x000D_ सुरुमा हामीसँग २५ जना हुनुहुन्थ्यो। उहाँहरुलाई बिदाइ गरेर त्यो संख्यमा ४ जना पनि थपेर २९ जन पुर्‍याएका छौं। गाउँ टाढाटाढा र टोल पनि ठूलाठूला भएकाले यति संख्या चाहिएला भन्ने लागेको छ।

_x000D_ _x000D_

अन्य भौतिक विकास निर्माणमा कस्ता काम भइरहेका छौं?
_x000D_ जनताकै चाहना अनुसार हामीले यो वर्ष सडक यातायातको विकासमा बजेटलाई केन्द्रित गर्‍यौं। यो कार्यकालमै प्रत्येक वडाको कार्यालयमा सडक पुर्‍याइसक्ने भनेर अघि बढेका छौं। स्वास्थ्यको क्षेत्रलाई पनि ध्यान दिएका छौं। विद्यार्थी कम भएका तर शिक्षक बढी भएका विद्यालयहरु छन्, त्यसलाई व्यवस्थित बनाउन शिक्षक समायोजनको नीति लिएका छौं। पाइलट प्रोजेक्टका रुपमा वडा नम्बर १ बाट सुरु गरेर वरिपरिका साना विद्यालय बन्द गरेर केन्द्रमा आवासिय विद्यालय बनाउन सुरु गरेका छौं।

_x000D_ _x000D_

त्यस्तै, कृषिलाई व्यवसायिक बनाउने सोचका साथ अघि बढेका छौं। हामी कृषि उत्पादनमा पकेट क्षेत्रहरु बनाइरेका छौं। सिमी, आलु जस्ता कृषि उत्पादनका लागि पकेट क्षेत्रहरु घोषणा गरेका छौं। जस्तो वडा नन्बर १ को पूरै भाग र २ तथा ३ का केही भागलाई जोडेर सिमीको पकेट क्षेत्रको रुपमा प्रोत्साहन गरिरहेका छौं। त्यस्तै गाउँपालिकको तल्लो भागमा फलफूल बढी हुन्छ, त्यहाँ त्यसकै पकेट क्षेत्रको रुपमा प्रोत्साहन गरेका छौं।  हाम्रो बिउ वितरण त्यही अनुसार हुन्छ, समूहहरु पनि त्यही अनुसार बनाएका छौं।

_x000D_ _x000D_

गौमुल गाउँपालिका र त्यहाँका जनता समृद्ध हुने हो भने जडिबुटीमा ध्यान दिनुपर्छ भनेर लगानीको योजना भएका छौं। हुन त अहिले ३ वर्षका लागि जडिबुटी संकलन बन्द गरेका छौं। खासमा  जडिबुटीको बिउ लोप हुँदै गएकाले यस्तो गर्नुपरेको हो। पहिले कात्तिकमा संकलन गर्नुपर्ने जडिबुटी असारमै संकलन गरिदिनाले बिउ नै झर्न नपाएका कारण लोप हुने स्थितिमा पुगेको छ। ३ वर्षभित्रमा बिउ छरपस्ट होला भन्ने लागेको छ। अहिलेसम्म बाठाटाठाहरुले मात्रै जडिबुटी संकलन र फाइदा लिएको परिस्थिति थियो। ३ वर्षसम्म हामीले जडिबुटी संकलनको कार्यविधि तयार पारिसक्छौं। हामी मुख्यगरी सबै घरपरिवारले समान रुपमा संकलन गर्नसक्ने र समान फाइदा लिनसक्ने अवस्था बनाउँछौं।

_x000D_ _x000D_

संघीय सरकारले बनाएको ‘गरिब घरपरिवार सूची’ मान्दिन भन्नुहुन्छ रे नि?
_x000D_ हो। मान्दैनौं। यसको कारण के भने गरिबलाई दिने भनेर नेपाल सरकारले जसजसलाई सूचीकृत गरिएको, त्यो वैज्ञानिक छैन। त्यो सूचीमा अति गरिब भने छुटेका छन्। अर्कोतिर अलिअलि हुनेखाने व्यापारी, शिक्षकहरु भने सूचिमा चढेका छन्। अब हामी आफैं गरिब घरपरिवारको सूची बनाउने प्रयासमा छौं। किनकि, हामी स्थानीय मानिसको बारेमा राम्रोसँग जान्दछौं।

_x000D_ _x000D_

स्थानीय तहले कर बढाए भनेर निकै विरोध भइरहेको सुनिन्छ। तपाईंको तिर कस्तो अवस्था छ?
_x000D_ जहाँकाले बढाए उनीहरुलाई मात्रै भन्नुपर्थ्यो भन्ने लाग्छ। यो दुखद कुरा छ। जस्तो कुनै गाउँपालिकाका अध्यक्षले केही गर्छ वा वडा अध्यक्षले केही गर्छ, तर अहिलेका स्थानीय प्रतिनिधिहरुले यसो गरे भनेर लेखिन्छ। यस्तो हुँदा पीर गर्छ। बरु सिधै फलानो गाउँपालिकाले फलानो विषयमा कर बढायो भनेर लेखियो भने जसले गरेको हो, उसको मात्रै कुरा आउँछ। सबैलाई दोषी देखाउने गरी लेख्नुहुन्न।

_x000D_ _x000D_

हामीले कुनै पनि विषयमा कर बढाएका छैनौं। हाम्रोमा कर बढाउनुपर्ने ठाउँ नै छैन। खासै केही किनबेच पनि हुँदैन। सहर छैन। गाउँमा के हुन्छ र कर लगाउनु? केही स्थानीय तहले जथाभावी कर लगाएका छन्, त्यो गलत नै हो भन्छु मचाहिँ। हामी एकातिर जनतालाई सुविधा भनिरहेका छौं, अर्कोतिर मारमा पार्ने काम गर्नुहुँदैन। कोही ठूलो उद्योग चलाइरहेको  छ भने केही कर लगाउनु स्वभाविकै होला। तर जनताले कमाएको उसैलाई खानै मात्र ठीक छ भने करको नाममा उसको गाँस त खोस्न मिल्दैन। यो राम्रो कुरा होइन।

_x000D_ _x000D_

यो पनि पढ्नुहोस्:
_x000D_ लघु वित्त बन्द गर्न गाउँपालिकाको आदेश, अध्यक्ष भन्छन्– ठगी गरेकाले बन्द गर्ने निर्णय गरियो

प्रकाशित मिति: मंगलबार, असोज १६, २०७५  ०२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाराको सिमराबाट एक बालिका बेपत्ता
रेणु चन्दको संयोजकत्वमा राष्ट्रिय सभामा महिला समन्वय समिति गठन
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे...
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ मंगलबार, भदौ ९, २०८३
बाराको सिमराबाट एक बालिका बेपत्ता मंगलबार, भदौ ९, २०८३
रेणु चन्दको संयोजकत्वमा राष्ट्रिय सभामा महिला समन्वय समिति गठन मंगलबार, भदौ ९, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्