काठमाडौँ –नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी कृष्ण बहादुर जि.सी.लाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच चिन्ह प्रदान गरिएको हो । पदोन्नतिसँगै उपरथी जि.सी. मध्य पूर्वी पृतनाको पृतनापतिमा नियुक्त भएका छन् ।
यस्तै प्रधान सेनापति सिग्देलले महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी डा. कुन्द विक्रम शाहलाई महासेनानी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन् । कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतका परिवारजनको उपस्थिति थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।