काठमाडौँ – कर फर्छ्योट आयोग भ्रष्टाचार मुद्दामा दोषी ठहर भइ डिल्लीबजार कारागारमा रहेका निलम्बित सहसचिव चुडामणि शर्माको मुद्दामा आज सुनुवाइ हुँदैछ।
सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशहरू तीलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासमा पेशी तोकिएको छ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ साउन १ गते १० अर्ब राजस्व चुहावट गरी राज्यलाई हानी पुर्याएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। २०८० जेठमा न्यायाधीशत्रय श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले दोषी ठहर गर्दै ९ वर्ष कैदउसहित बिगो र जरिवाना गरी ६ अर्ब १५ करोड १७ लाख रुपैयाँ तिराउन आदेश गरेको थियो।
फौजदारी कानुनमा १० वर्षसम्म कैद सजाय पाएका आरोपीले थुनाबाहिर रहेरै पुनरावेदन गर्न पाउने भए पनि बिगो र जरिवानाबापतको धरौटी बुझाउन नसकेर थुनामा बस्नुपरेको भन्दै उनले निवेदन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।