काठमाडौं –आज मौसम सफा रहने पूर्वानुमान गरिएको छ।
नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकोले मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल स्थानीय र पश्चीमी न्यूनचापीय कुनै प्रणालीको प्रभाव छैन।
देशका पहाडी भू-भागका केही क्षेत्रमा भने आंशिक बदली हुने सम्भावना छ तर वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।