काठमाडौं – विश्वकप विजेता इटालियन लेजेन्ड गोलरक्षक जियालुजी बुफोनो आइतबार नेपाल आइपुगेका छन् । केपी ओली कप फुटबलको फाइनलमा चिफ गेस्टका रुपमा सहभागी हुन आइतबार बिहान नेपाल आइपुगेका हुन् ।
उनले केही दिनअघि केपी ओली कप फुटबलको चिफ गेस्टका रुपमा नेपाल आउन लागेको र त्यहाँनै सबैसँग भेट गर्ने भन्दै भिडियो सन्देश जारी गरेका थिए ।
राष्ट्रिय युवा संघले बुफोनो आइतबार नेपाल आइपुग्ने जानकारी दिएको थियो । फाइनल सोमबार दशरथ रंगशाल काठमाडौँमा हुँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।