काठमाडौं – हिमाली जिल्ला मुगुमा भारी हिमपातका कारण कर्णाली लोकमार्गअन्तर्गत नाग्म-गमगढी सडक अवरुद्ध भएको छ।
बिहीबारदेखिको मपातले नाग्म-गमगढी सडकअन्तर्गत घुच्चीलेकमा हिमपात हुँदा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएसँगै जनजीवन प्रभावित भएको छ।
सडक डिभिजन कार्यालय जुम्लासँग एक्स्काभेटरबाट जमेको हिउँ पन्छाउन समन्वय गरिरहेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कलमलप्रसाद पाण्डेले जानकारी दिए।
दिउँसो २ बजेसम्म बाटो खुलाउने प्रयास भइरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।