काठमाडौं– शुक्रबार उत्तराखण्डको बद्रीनाथ धाम नजिक हिमपहिरोमा परी बेपत्ता ५७ मजदुरमध्ये ३२ जनालाई जिवितै उद्धार गरिएको छ ।
आपत् प्रवन्धन विभागका तर्फबाट दिइएको जानकारी अनुसार फसेका बाँकी २५ जनालाई पनि निकाल्ने प्रयास जारी छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भने, “सीमा सडक सङ्गठन (बीआरओ) शिविरका निर्माण मजदुरहरू बद्रीनाथको माना गाउँनजिकै काम गरिरहेका समय एक्कासी हिमपहिरो आउँदा केही व्यक्ति हिउभित्र फसेका छन्। उद्धारका लागि सुरक्षकर्मी त्यसतर्फ गइसकेका छन्।’
प्रहरी मुख्यालयका प्रवक्ता आईजी निलेश आनन्द भर्नेले यो समाचार तयार पार्दासम्म ५७ जना कामदारमध्ये ३२ जना कामदारको उद्धार गरिएको बताए ।
यसैबीच, बीआरओका कार्यकारी इञ्जिनियर सीआर मीनाले उद्धार कार्य जारी रहेको र भारी हिमपातका कारण टोलीलाई कठिनाइ भइरहेको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।