काठमाडौं– काठमाडौं महानगरपालिकाले हाँडीगाउँमा स्वीकृति नलिई सडक खन्ने एक जनालाई कारबाही गरेको छ ।
महानगर प्रहरी बलले ५ नम्बर वडाको हाँडीगाउँमा सडक र फुटपाथ खनेको भेटेको थियो । उक्त सडक खन्ने रोशन रेग्मीलाई ५० हजार रुपैयाँ जरिवाना तिराइएको नगर प्रहरी बलले जनाएको छ ।
‘हामीले पछिल्लो समय नगरभरि मापदण्ड विपरीत, अनुशासनहीन जस्ता कार्यलाई निगरानी गरिरहेका छौं । जहाँ भेटे त्यहीँ कारबाही गर्छौं,’ एक नगर प्रहरी अधिकृत भन्छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।