काठमाडौं – राष्ट्रिय महिला टोलीकी कप्तान एन्जीला तुम्बापो सुब्बा आफ्नो क्लब ड्युटीका लागि ग्रिस प्रस्थान गरेकी छिन् । एन्जीला ग्रिसको निस एट्रोमिटौ क्लबबाट खेल्दै आएकी छन् । उनलाई विमानस्थलमा एन्फा केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाहलगायतले बिदाइ गरेका थिए ।
यस अघि बिहीबार राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड रेखा पौडेल र सावित्रा भण्डारी साम्बा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप पछि आ–आफ्नो क्लबमा फर्किएका थिए । पौडेल युएईको आबुधाबी कन्ट्री क्लबबाट व्यावसायिक फुटबल खेल्छिन् भने साम्बा फ्रान्सको महिला लिग क्लब इ ए गुइङ्ग्याम्पबाट खेल्ने गर्दछिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।