काठमाडौं – स्विजरल्याण्डको जेनेभामा आयोजित राष्ट्रसंघको बैठकबाट स्वदेश फर्किएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सवार जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि कोलकाता डाइभर्ट भएको छ ।
मन्त्री राणा कतार एयरलान्सबाट काठमाडौं आउँदै थिईन् तर खराब मौसमका कारण राणा सवार जहाज अवतरण हुन नसकेको हो । खराब मौसमका कारण हालसम्म नेपाल एयरलाइन्स, सिचुवान एयरलाइन्स र कतार एयरवेजको जहाज डाइभर्ट भएको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको जहाज भारतको नयाँ दिल्लीमा डाइभर्ट भएको छ । त्यस्तै, तियाङफुबाट आएको सिचुवान एयरको विमान ल्हासा र दोहाबाट आएको कतार एयरवेजको जहाज भारतको कलकत्ता डाइभर्ट गरिएको छ । बिहानै देखि मौसममा आएको बदलिका कारण काठमाडौँ उपत्यकाको आकाश पूर्ण रुपमा खुल्न सकेको छैन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।