काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टरको शक्तिशाली भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भुकम्पविद् मुकुन्द भट्टराईका अनुसार बिहान राति २ बजेर ५१ मिनेट जाँदा भुइँचालो गएको हो। भूकम्पको मापन ६.१ रेक्टर स्केलको गरिएको बताएका हुन्।
बिहान २ बजेर ५२ मिनेट जाँदा भुकम्प गएको हो।
काठमाडौंवासी रातको समय भएपनि सडकमा निस्किएका थिए।
भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन।
यसअघि गत पुष ५ मा बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
त्यसपछि पनि चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प गइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।