काठमाडौँ –दैलेखबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दैलेखको दुल्लुबाट कर्णाली राजमार्ग हुँदे वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४१९ नम्बरको उक्त गाडी बिहीबार दिउँसो वीरेन्द्रनगरस्थित बांगेसिमलमा दुर्घटना भएको हो ।
दुर्घटना हुँदा गाडीमा सवार १६ मध्ये १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । घाइतेहरुलाई प्रदेश अस्पताल, माया नर्सिङ होम र कर्णाली केयरमा पठाइएको छ । गाडी अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेको र त्यस बिषयमा थप अध्ययन अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।