काठमाडौं – काठमाडौं विश्वको चौथो प्रदूषित सहर बनेको छ। यो समाचार तयार पार्दासम्म काठमाडौंको वायू प्रदूषण १८५ मापन गरिएको छ।
यसलाई स्वास्थ्यका हिसाबले अस्वस्थ मानिन्छ।
विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरका अनुसार विश्वको सबैभन्दा प्रदूषित सहरमा छिमेकी राष्ट्र भारत पहिलो नम्बरमा छ। भारतको वायु प्रदूषण २२८ एक्यूआई मापन गरिएको छ। यो अति अस्वस्थ सूचकांक हो।
त्यस्तै दोस्रो नम्बरमा १८२ एक्यूआईसहित चीनको सांघाई सहर परेको छ भने बंगालादेशको ढाका १८६ एक्यूआईसहित तेस्रो नम्बरमा छ।
नेपालमा भने भक्तपुर सबैभन्दा प्रदूषित सहर बनेको छ। वातावरण विभागका अनुसार यो समाचार तयार पार्दासम्म भक्तपुर १९७ एक्यूआईसहित सबैभन्दा वायु प्रदूषित सहर बनेको हो।
त्यस्तै दोस्रो स्थानमा रहेको पोखराको वायु प्रदूषण १९१ मापन गरिएको छ। पोखरा केही हप्तायता वायु प्रदूषित सहरको रूपमा शीर्षस्थानभित्र पर्दै आएको छ।
खुमल्टार १९५, शंखपार्क १८३, भैंसेपाटी १७४, भरतपुर १७१, धनगढी १७० र धुलिखेल १५१ एक्यूआईसहित वायु प्रदूषणका हिसाबले अस्वस्थ सहरभित्र परेका छन्।
वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांकमात्रै राम्रो मानिन्छ। त्यस्तै, ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।