काठमाडौं– फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनल खेलमा नेपालविरुद्ध म्यानमारले अग्रतालाई दोब्बर बनाएको छ ।
दशरथ रंगशालामा जारी खेलको ६५औं मिनेटमा म्यानमारले दोस्रो गोल गरेको हो ।
यसअघि खेलको ६२औं मिनेटमा म्यानमारले पहिलो अग्रता लिएको थियो ।
नेपालले पटक–पटक मौका पाउँदा पनि गोल गर्न सकेन । पहिलो हाफ रोमाञ्चक बराबरीमा सकिए पनि दोस्रो हाफमा भने म्यानमार २–०ले अगाडि छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।