काठमाडौं– काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलको पहिलो हाफ नेपाल र म्यानमारबीच बराबरीमा सकिएको छ ।
फाइनलका लागि नेपालले पछिल्लो खेलबाट दुई परिवर्तन गरेको छ । कप्तान एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेल टिममा फर्किएका छन् ।
पछिल्लो खेलमा सुरुवाती रोजाइमा रहेका गोलकिपर अन्जना रानामगर र रश्मी कुमारी घिसिङ आज बेन्चमा छन् ।
त्यस्तै म्यानमारको टोलीमा पनि उल्लेख्य परिवर्तन गरिएको छ । अघिल्लो खेलबाट म्यानमारले ८ वटा परिवर्तन गरेको छ । ३ खेलाडी मात्र अघिल्लो खेलका छन् ।
पहिलो हाफमा नेपालले धेरै आक्रमण गरेको छ । गोलपोस्ट नजिक बल धेरैपटक लगे पनि गोलमा परिणत भने गर्न सकेन ।
दुई टोलीबीचको समूह चरणको खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।