फाइल तस्विर काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज हुन लागेको अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप फाइनल खेल हेर्ने भएका छन्।
साँझ ६ बजे नेपाल र म्यानमारबीच हुने फाइनल खेल हेर्न उनी दशरथ रंगशाला जाने तालिका रहेको सचिवालयले जनाएको छ।
४ राष्ट्र सम्मिलित प्रतियोगितामा दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन्। दुवैले लेबनान र किर्गिस्तानलाई हराउँदा एकअर्कासँग बराबरी खेलेका थिए।
त्यसअघि उनी सेन्ट्रल भेन्यू पुल्चोक, ललितपुरमा जारी केपी ओली कपमा खेलाडीहरुसँग भेटवार्ता गर्नेछन्। सैनिक मञ्च टुँडिखेलमा हुने महाशिवरात्रि तथा २६२औं सेना दिवस समारोहमा सहभागी भएर उनी सेन्ट्रल भेन्यूमा जाने तालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।