काठमाडौं– धादिङमा ट्याङ्कर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। अन्य २ जना घाइते भएका छन्।
गल्छी गाउँपालिका-३ गुप्तेश्वरभिरस्थित भित्रि सडकमा आदामघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गएको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।
बा.प्र ०१-००४ क ३३५२ नं.को पानी ट्याङकर ब्याक गर्ने क्रममा सडकबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गुजुरी-६ कै १८ वर्षीय प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षीय जयराम चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए। उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको हो।
दुर्घटनामा गजुरी गाउँपालिका-६ का १९ वर्षीय सिरिश चेपाङ र सोही ठाउँका १७ वर्षीय सुरेश चेपाङ गम्भीर घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।