काठमाडौं– १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा गोरखामा एक शिक्षक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीका अनुसार जाजरकोटको नलगाड नगरपालिका– ८ घर भएका ३५ वर्षीय कमलबहादुर बोहरा पक्राउ परेका हुन् ।
उनी गोरखाको धार्चे गाउँपालिकास्थित एक विद्यालयका शिक्षक हुन् । उनीविरुद्ध पीडित बालिकाका आफन्तले जाहेरी दिएका थिए । जाहेरीमा गत पुसदेखि पटक–पटक ती विद्यार्थीमाथि जबरजस्ती करणी गरेको उल्लेख गरिएको छ ।
गत माघ २८ गते राति पनि उनले बालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ । डीएसपी सुवेदीका अनुसार उनीविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।
गत ७ फागुनमा पक्राउ परेका उनीमाथि जिल्ला अदालत गोरखाबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी सुवेदीले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।