दाङ– बाँके प्रहरीले ठूलो परिमाणमा ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो र बाँके प्रहरीको संयुक्त टोलीले हिजो बाँकेको जमुनाह नाकाबाट भारतको बराइचका अल्बक्स खाँलाई प्रक्राउ गरेको हो।
बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार उनको साथबाट ७२२ ग्राम ६३ मिलिग्राग ब्राउनसुगर बरामद भएको छ।
उनलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको एसपी कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।