काठमाडौँ –पर्यटक भिषामा नेपाल आई काठमाण्डौको नयाँबसपार्क क्षेत्रमा बसी भ्रमण उद्देश्यविपरीत विभिन्न गैह्रकानूनी कार्य गर्ने एक जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले नेपाली तथा बंगलादेशी नागरिकहरूलाई सर्विया, माल्टा लगायतका देशहरूमा पठाई दिन्छु भनी विश्वास दिलाई राहदानी तथा रकम लिई गैह्रकानूनी कार्य गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बंगलादेशी नागरिक २८ बर्षीया अनिक एम्ब्रोज रोजरियो रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुस्न्धान कार्यालय टेकुले बंगलादेशी नागरिक अनिक सहित उनको राहदानी नं। ए १५४९३२९१ लाई नयाँबसपार्कबाट नियन्त्रणमा लिएर थप कारवाहीको लागि अध्यागमन विभाग पठाइएको प्रहरीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।