काठमाडौं – फुटबलमा प्रशिक्षक हरिओम श्रेष्ठको हृदयघातका कारण निधन भएको छ।
केही दिन अघि धरानमा भएको बुढासुब्बा गोल्डकपका दौरान उनलाई हृदयघात भएको थियो।
बुढासुब्बा गोल्डकपका लागि एनआरटि टिमको प्रशिक्षक भएर धरान गएका उनलाई हृदयघात भएपछि केही दिन धरानमै उपचार गरेर त्यसपछि काठमाडौं ल्याइएको थियो।
उनलाई गंगालालमा राखेर उपचार गरिएको थियो। शुक्रबार मात्र स्वास्थ्यमा केही सुधार भएपछि घर फर्काइएको थियो।
तर आज विहान एक्कासी स्वस्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो। वीर अस्पतालमा उनको उपचारका क्रममा निधन भएको एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशीले जानकारी दिए। आजै उनको अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ।
५५ वर्षीय श्रेष्ठले उमेर समूहमा नेपाली टिमलाई प्रशिक्षण गरेका थिए भने विभिन्न ‘ए’ डिभिजन क्लबको समेत प्रशिक्षण सम्हालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।