काठमाडौं – नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा सिफारिस भएका छन्।
आज बिहान बसेको बढुवा सिफारिस समितिको बैठकले डीआईजी भट्टराईलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो।
भट्टराई हाल कर्णाली प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छ। उनी आईजीपी बसन्तबहादुर कुँवरका ब्याची हुन्।
एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि प्रहरीमा एआईजीको एक पद रिक्त भएको थिय।
एआईजी केसीको राजीनामा गत मंगलबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।