काठमाडौ– इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो तेस्रो खेलमा म्यानमारसँग खेल्दैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ।
हालसम्म नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा पनि स्थान बनाइसकेका छन्। त्यसकारण यस खेल फाइनलअघिको वार्म-अप सरह हुनेछ।
म्यानमारले लेबनानलाई ३-१ तथा कीर्गिस्तानलाई ५-० गोलअन्तरले हराएको थियो भने नेपालले लेबनान र कीर्गिस्तान दुवैलाई समान १-० गोलअन्तरले हराएको थियो।
नेपालका प्रशिक्षक राजेन्द्र तामाङले यस खेलका लागि म्यानमारको टोलीको रणनीति बुझेर त्यसैअनुसार फाइनलको योजना बनाउन सहज हुने बताएका छन्।
आजै दिउँसो २ बजे हुने खेलमा लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोलीका लागि सान्त्वना जितको पनि अवसर हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।