काठमाडौं– पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर साउदी प्रो लिगमा अल इत्तिफाकसँग पराजित भएको छ ।
शुक्रबार सम्पन्न खेलमा नासर अल–इत्तिफाकसँग ३–२ ले पराजित भएको हो। योसँगै नासरले शीर्ष स्थानको अल–इत्तिहादसँग अंक दूरी कम गर्ने मौका गुमाएको छ।
इत्तिहादको ५० खेलबाट ५२ अंक छ भने चौथो स्थानकफ नासरको एक खेल बढी खेल्दा ४४ अंक छ। इत्तिफाक भने २८ अंकसहित आठौं स्थानमा छ।
खेलमा सुरुवाती अग्रता भने नासरले लियो । खेलको ४७औं मिनेटमा याह्याले गोल गरे । ५५औं मिनेटमा इत्तिफाकका विज्नाल्डमले गोल गर्दै खेल बराबरीमा पुर्याए । ६५औं मिनेटमा नासरका लागि फतिलले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए ।
८२औं मिनेटमा नासरका फतिलले आत्मघाती गोल गर्दै इत्तिफाकलाई खेलमा फर्काए । अन्तिम मिनेटमा इत्फिाकका विज्नाल्डमले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
निर्धारित खेल सकिन एक मिनेट बाँकी रहँदा जर्जिनियोले अर्को गोल गर्दै इत्तिफाकको जित पक्का गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।