काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ। क्याटगरी ‘ए’ र ‘बी’ को मात्र अक्सन हुनेछ।
अक्सनमा क्याटगरी ‘ए’ मा १५ जना र क्याटगरी ‘बी’ मा ४५ गरी कुल ६० खेलाडी मात्र अक्सनमा राखिएका छन् ।त्यसमा एनएसएलका ७ टोलीले बोली लगाउनेछन्।
क्याटगरी ‘ए’ का खेलाडीको बेस प्राइस २ लाख र म्याक्सिमम प्राइस ४ लाख रुपैयाँ तोकिएको छ। त्यस्तै क्याटगरी ‘बी’ को बेस प्राइस १ लाख ५० हजार र म्याक्सिमम प्राइस २ लाख रुपैयाँ तोकिएको छ।
प्रत्येक टिमले अक्सन र रिटेनमा गरेर २२ लाख रुपैयाँ सम्म खर्च गर्न पाउनेछ।
पहिलो संस्करणमा सात टोलीले सहभागिता जनाएका थिए। तर, दोस्रो संस्करणमा भने विराटनगर सिटी एफसीले आफ्नो नाम फिर्ता लिएको थियो। यद्यपि, एनएसएलले इलाम, वीरगन्ज र झापा एफसीलाई थप्दै नौ टोली पुर्याएको थियो।
आफ्नो पहिलो संस्करणमा यी तीन टोली प्लेअफ पुग्न असफल रहे। यसपल्ट साबिक विजेता ललितपुर सिटी एफसीसँगै धनगढी एफसी, पोखरा थन्डर्स एफसी, काठमाडौं रेजर्स एफसी, झापा एफसी, एफसी चितवन र बुटवल लुम्बिनी एफसीले सहभागिता जनाउदै छन्। गत सिजन धनगढीलाई ३–२ ले पराजित गर्दै ललितपुरले पहिलोपल्ट उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।