काठमाडौं– ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आन्दोलन गरिरहेको समूहलाई पुन: वार्तामा आउन सरकारी टोलीले आव्हान गरेको छ।
सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले विज्ञप्ति निकाल्दै आन्दोलनरत् समूहलाई संवादमा आएर समाधान खोज्न आग्रह गरेका हुन्।
सरकारले केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवाद समाधान गर्न भट्टराईको संयोजकत्वमा माघ २० गते वार्ता टोली गठन गरेको थियो। ‘नो केबलकार’ समूहले पनि अमर तुम्हाङ्गको संयोजकत्वमा वार्ता समिति बताएको थियो। दुई पक्षबीच २/३ चरणमा वार्ता भएपनि समाधान निस्किएको छैन।
बिहीबार ‘नो केबुलरकार’ समूह र प्रहरीबीच झडप भएको थियो भने झडपमा परी १२ जना घाइते भएका थिए।
झडपपछि फुङलिङदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म यातायात बन्द भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।