काठमाडौं– ताप्लेजुङमा ‘नो केबलकार’ समूह र प्रहरीबीच झडपपछि फुङलिङदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म यातायात बन्द भएको छ ।
यातायात व्यावसायी संघ काफ्लेपाटीले सडक बन्द गरेको हो ।
प्रहरी र आन्दोलनरत पक्षबीच झडप भई घाइते भएकाहरूको उद्धारका लागि पुगेका रेडक्रसकर्मी, उद्योग वाणिज्य संघ कर्मी र इन्सेक प्रतिनिधि चढेको गाडी आन्दोलनरत पक्षले तोडफोड गरेका थिए ।
झडपमा परी १२ जना घाइते भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।