काठमाडौं – काठमाडौंमा जारी फोर नेशन्स महिला अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपाल र लेबनान बीचको खेल जारी छ।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदासम्म नेपाल एक गोलले अगाडि छ । पहिलो हाफको अन्त्यतिर सावित्रा भण्डारीबाट भएको एकमात्र गोलमा नेपाल पहिलो हाफमा अग्रतामा रहेको हो ।
कर्नरबाट आएको बलमा साम्बाले गरेको बल डिफेन्डरमार्फत डिफ्लेक्ट भएर गोल भएको थियो ।
दशरथ रङ्गशालामा जारी खेलमा नेपालले लेबनानलाई दबाबमा राख्दै अग्रता बनाएको हो। नवौं मिनेटमा लेबनानको प्रयास सफल भएन्। नेपालको डिफेन्सिभ ल्याकमा क्रिस्टि मलाउफले बक्स भित्रबाट हानेको प्रहारलाई गोल किपर अञ्जिला तुम्बाप्पो सुब्बाले पन्च गरेर बचाइन्।
खेलको दशौं मिनेटमा नेपालले पनि मौका गुमायो। विमला चौधरीले ६ यार्ड बक्स नजिकैबाट हानेको प्रहार आकाशियो।
खेलको १३ औं मिनेटमा लेबनानकी लायला इस्कन्दरले पाएको मौकालाई गोलमा परिणत गर्न सकिनन्। यसपछि १५ औं मिनेटमा प्रिती राईले हानेको लङ रेन्ज सट क्रसबार नजिकैबाट बाहिरियो।
३१ औं मिनेटमा लेबनानकी क्रिस्टी मलाउफले दिएको क्रसमा लायला स्कन्दरले कनेक्ट गर्नुभन्दा पहिले नै गिल किपर अञ्जिलाले खुट्टाले बचाइन् र पुजा रानाले बल क्लीयर गरिन्।
यसपछि नेपालले ४२ औं मिनेटमा अग्रता बनायो। बिमला चौधरीको कर्नरमा लेबनानकी लायला इस्कन्दरले क्लीयर गरेको बललाई साबित्राले बक्स बाहिरबाट हानेको पावरफुल सट फराह इल टयारलाई रुफ्लेक्ट हुँदै गोलमा परिणत भयो। यो सँगै नेपालले पहिलो हाफमा १-० को अग्रता बनायो।
आजको खेल जिते नेपाल एक खेल अगाडि फाइनलमा पुग्नेछन्। यसअघि पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १-० ले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।