काठमाडौं –नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीको राजीनामा स्वीकृत भएको छ।
केसीले सेवा अवधि बाँकी छँदै राजीनामा बुझाएका थिए।
आगामी ५ चैतसम्म सेवा रहेका केसीको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
गत २६ पुसमको मन्त्रिपरिषद् बैठकले उनलाई एआईजीमा बढुवा गरेको थियो। एआईजी भएको एक महिनामै उनले राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।