फाइल तस्विर काठमाडौँ– पूर्वराष्ट्रपति विद्या भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएकी छन्।
थाइल्याण्डमै ब्लड क्यान्सरको उपचार गराएकी भण्डारी नियमित चेकजाँचका लागि गएको र फागुन १६ गते स्वदेश फर्कने एक एमाले नेताले जानकारी दिएका हुन्।
‘उहाँको पुरानो समस्या ब्लड क्यान्सरको अवस्था चेकजाँच र हिपको समेत समस्या देखिएपछि जचाउन जानुभएको हो’, ती नेताले भने-‘त्यहाँबाट फर्केपछि मधेस लगायतका प्रदेशको भ्रमण गर्ने तयारी छ।’
सोमबार बिहान ११ बजे नेपाल वायुसेवाको उडानमा उनी निजी भ्रमणका क्रममा बैंकक प्रस्थान गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।