रुपन्देही– रुपन्देहीमा एक महिलाको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ।
जिल्लाको सियारी गाउँपालिका–२ भगदरीस्थित बेथरी सडकखण्डको किनारमा अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
उनले भने‘टाउकोमा चोट देखिएको छ। टाउकोमा ढुङ्गा प्रहार गरी हत्या भएको हुनसक्छ’।
बिहीबार विहान साढे ११ बजे परालले ढोकेको अवस्थामा शव फेला परे पछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए।
रुपन्देही प्रहरीले तालिम प्राप्त कुकुर नै परिचालन गरी अनुसन्धान गरेको छ। सियारी गाउँपालिकाका प्रवक्ता दीपकबहादुर शाहीका अनुसार अनुहार नचिनेगरी मुखमा चोट भएको र अहिलेसम्म स्थानीय भएको भए खोजी हुने भएकाले बाहिरै हत्या गरेर रातिको अवस्थामा यहाँ ल्याएर फालिएको आंकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।