काठमाडौं– कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
दशरथ रंगशालामा भएको खेलमा कीर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो।
म्यानमारले एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेको छ।
म्यानमारलाई लगातार जित दिलाउन योन वादी र मे हिइत लुले समान दुई गोल गरे। सानदार लिनले एक गोल थपे।
सुरुआतदेखि नै म्यानमारले खेलमा दबदबा कायम राखेको थियो। योनले दोस्रो मिनेटमै टोलीलाई अग्रता दिलाए। ३०औं मिनेटमा सनदारले अर्को गोल गरे।
त्यसको ६ मिनेटपछि नै मेले गोल गर्दै अग्रता ३–० मा पुर्याए। पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा योनले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा ४–० को अग्रता दिलाए।
दोस्रो हाफमा मेले अर्को गोल थपे। ४९औं मिनेटमा मेले गोल गरेसँगै म्यानमार ५–० ले विजयी भयो।
आजको दोस्रो खेल नेपाल र लेबनानबीच हुनेछ। उक्त खेल साँझ ६ बजेबाट सुरु हुनेछ। पहिलो खेलमा कीर्गिस्तान नेपालसँग १-० ले पराजित भएको थियो। यो खेलमा जित निकालेको खण्डमा नेपालले फाइनलमा यात्रा तय गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।